"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

प्रकाशित मिति :  5 March, 2024 11:54 am


काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकले संसदमा प्रतिपक्षमा बस्ने र तत्काल सत्ताको खेलमा नलाग्ने निर्णय गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए। प्रधानमन्त्री प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत फिर्ता लिने निर्णय भएको पौडेलले बताए।

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेपछि सोमबारदेखि कांग्रेस सरकारबाट बाहिरिएको छ। अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ।

संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

नेकपा एमाले, माओवादी र रास्वपा एक वर्षपछि फेरि गठबन्धन बनाएपछि कांग्रेस सरकारबाट बाहिरिएको छ। १०७९ पुसमा पनि यी तीन दलबीच गठबन्धन बनेको थियो। सोही गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

फागुन अन्तिम साता कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो। त्यसपछि कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएको थियो। माओवादीले गठबन्धन तोडेपछि कांग्रेसका तर्फबाट मन्त्री बनेका नौजना फिर्ता भएका छन्। कांग्रेस बाहिरिएपछि सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा र जसपा आबद्ध रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिबाट शपथ गराएका छन्। दलहरूबीच सहमति नजुट्दा मन्त्रीहरूको कार्य विभाजन भएको छैन भने  मन्त्रालय बाँडफाँटको टुंगो पनि लाग्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्