"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

प्रकाशित मिति :  5 March, 2024 12:35 pm


काठमाडौँ। अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरू सबैले उक्त निर्णयमा सहमति जनाएका थिए । जनवरी ६, २०२१ मा क्यापिटल दङ्गा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका थिए । तर सर्वोच्च अदालतले ट्रम्पको पक्षमा फैसला गरेको हो । अमेरिकी सर्वोच्च अदालतले कोलोराडो सर्वोच्च अदालतले संविधानको १४ औँ संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा बनाएको बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन