"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देउवाले नेपाललाई भने – प्रधानमन्त्रीले धोका दिए, हामी सँगै मिलेर जाऔं

प्रकाशित मिति :  6 March, 2024 12:12 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ’ भनेका थिए ।

यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए । माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ यसबारे आजको बैठकमा कुरा राखेर छलफल गर्छौं । के हुन्छ अनि मात्रै भन्न सकिन्छ ।’

मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्