"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरेको कांग्रेसको निष्कर्ष

प्रकाशित मिति :  7 March, 2024 12:01 pm


काठमाडौँ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी अध्यक्षसमेत रहेका दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए ।

लेखकले भने, ‘गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ । तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो ।’

प्रमुख सचेतक लेखकले कांग्रेस संसद्को ठूलो पार्टी भएकाले विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । साथै कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा देखिने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्