"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

प्रकाशित मिति :  11 March, 2024 1:45 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही फागुन ३० गते प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरिएको जानकारी दिएका हुन्।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धनबाट सत्ता यात्रा अघि बढाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्