"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री लामिछानेबारे कांग्रेसले उठायो संसदमा प्रश्न

प्रकाशित मिति :  13 March, 2024 12:25 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ। बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले समय दिएपछि सांसद सुशीला थिङ बोलेकी थिइन्।

उनले सहकारी ठगीमा जोडिएका व्यक्तिहरूलाई प्रधानमन्त्रीले मन्त्री बनाएको आरोप लगाइन्। ‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ कांग्रेस सचेतकसमेत रहेकी थिङले भनिन्। 

उनले सहकारी ठगीबारे अनुसन्धान हुन्छ कि हुन्न भन्नेबारे जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रहसमेत गरेकी छन्।साथै उनले पूर्वराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएका समाचार आएको बताएकी थिइन्। ‘यो विषयहरूमा कसरी जाने हो? यो विषय निराकरण नभएसम्म सदन सहजै चल्दैन,’ उनले भनिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्