"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री लामिछानेबारे कांग्रेसले उठायो संसदमा प्रश्न

प्रकाशित मिति :  13 March, 2024 12:25 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ। बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले समय दिएपछि सांसद सुशीला थिङ बोलेकी थिइन्।

उनले सहकारी ठगीमा जोडिएका व्यक्तिहरूलाई प्रधानमन्त्रीले मन्त्री बनाएको आरोप लगाइन्। ‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ कांग्रेस सचेतकसमेत रहेकी थिङले भनिन्। 

उनले सहकारी ठगीबारे अनुसन्धान हुन्छ कि हुन्न भन्नेबारे जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रहसमेत गरेकी छन्।साथै उनले पूर्वराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएका समाचार आएको बताएकी थिइन्। ‘यो विषयहरूमा कसरी जाने हो? यो विषय निराकरण नभएसम्म सदन सहजै चल्दैन,’ उनले भनिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।