प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास देखियो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशमा विश्वासको खडेरी भएको र प्रचण्डले एक वर्षमा तीन पटक विश्वासको मत लिएको बताए ।
उनले भने, ‘अहिले प्रधानमन्त्री ज्यूसँग राजनीतिक रुपमा अविश्वास सबैको छ । तर गणितमा उहाँ विश्वासमा हुनुहुन्छ । ’ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धोका खाएका एक हुँदा हुने हालतबारे सतर्क रहन भनेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले प्रचण्डलाई धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ’ उनले प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने समेत स्पष्ट पारे ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ। अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’
कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरिसकेको छ।
‘राजनीतिक रूपमा अविश्वास छ, गणितीय रूपमा विश्वासको जोहो हुँदैछ,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै शर्माले भने।













