"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास देखियो : विश्वप्रकाश शर्मा

प्रकाशित मिति :  13 March, 2024 1:48 pm


काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी भएको बताएका छन् ।  बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशमा विश्वासको खडेरी भएको र प्रचण्डले एक वर्षमा तीन पटक विश्वासको मत लिएको बताए । 

उनले भने, ‘अहिले प्रधानमन्त्री ज्यूसँग राजनीतिक रुपमा अविश्वास सबैको छ । तर गणितमा उहाँ विश्वासमा हुनुहुन्छ । ’ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धोका खाएका एक हुँदा हुने हालतबारे सतर्क रहन भनेका छन् ।  बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले प्रचण्डलाई धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ’ उनले प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने समेत स्पष्ट पारे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ। अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरिसकेको छ।

‘राजनीतिक रूपमा अविश्वास छ, गणितीय रूपमा विश्वासको जोहो हुँदैछ,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै शर्माले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्