"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

प्रकाशित मिति :  15 March, 2024 12:16 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको हो।

कांग्रेस सांसद प्रदीप पौडेलले बैठकलाई सम्बोधन भने,‘मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस्।’

उनले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरूको माग कसरी पूरा हुन्छ? भन्दै प्रश्न गरे। पाैडेलले पीडितहरूको विश्वास जित्न नसक्ने सरकारले वित्तीय समस्यालाई समाधान गर्न नसक्ने बताए।

सुशासन भनिरहने सरकारले विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर गल्ती गरेको पाैडेलकाे भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्