"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा लोकसभा चुनावको घोषणा

प्रकाशित मिति :  ३ चैत्र २०८०, शनिबार १९:३७


नयाँ दिल्ली ।  भारतमा १९ अप्रिल (वैशाख ७) बाट सात चरणमा लोकसभा चुनाव हुने भएको छ । लोकसभाले ५ वर्षे कार्यकाल मे महिनामा पूरा गर्दैछ । 

भारतको निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो । कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेका दिन हुनेछ ।

त्यस्तै, अन्तिम सातौं चरणको मतदान जुन–१ का दिने हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानको कार्य सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । सबैतिरको मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटका लागि मतदान हुनेछ । पहिलो चरणमा १ सय २, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पा“चौंमा ४९, छैठौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ । त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि यही अवधिमा गराइने मुख्य आयुक्त राजीव कुमारले जानकारी दिए । उनले भारतको चुनाव विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक पर्वमा रुपमा हेरिने गरेको बताएका छन् ।

उनले हरेक मतदातालाई मतदान दिन सहजता हुने गरी मतदान केन्द्र र आवश्यक सहजीकरणको व्यवस्था गरिएको बताए । ८५ वर्ष उमेरमाथि र ४० प्रतिशत शारीरिक अशक्त जो घरबाटै मतदान गर्न चाहन्छन् उनलाई त्यस अनुसारको सुविधा प्रदान गरिने मुख्य निर्वाचन आयुक्त कुमारले बताएका छन् ।

आगामी लोकसभा चुनावका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९ सय २६ मतदाता छन् । त्यसमध्ये ४९ करोड ७ लाख पुरुष र ४७ करोड १ लाख महिला मतदाता छन् । अघिल्लो चुनावभन्दा यसवर्ष १ करोड ८४ लाख ८१ हजार ६ १० जना नयाँ मतदाता थपिएका छन् । ती मतदाताका लागि देशभर साढे १० लाख पोलिंग स्टेशन राखिने जनाइएको छ । मतदानका लागि ५५ लाख एलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९

एजेन्सी / वीवीसि – अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स सनी र ब्यारी ई विल्मोर बुचु पृथ्वी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको

काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली