"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस महामन्त्री गगनको प्रश्न : सहकारी ठगीमा मुछिएका गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन ?

प्रकाशित मिति :  18 March, 2024 1:53 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमाथिको अनुसन्धान अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

यस सम्बन्धमा मन्त्रिपरिषदमा रहेका सदस्यहरु नै अनुसन्धानको घेरामा रहेको भन्दै उनले निष्पक्ष अनुसन्धान हुनेमा आफूलाई आशंका लागेको बताए । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले प्रधनमन्त्री प्रचण्डले पोखराका पीडितहरुसँगको भेटमा सहकारी ठगीका सम्बन्धमा अनुसन्धान हुन्छ भनेको आफूले सुनेको तर विश्वास गर्न नसकेको बताए ।

‘अनुसन्धान कसरी हुन्छ ? अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्ने हो भने कसरी पत्याउने ? सहकारीमा फियर ढंगले अनुसन्धान होस् । कुनै एउटा पनि प्रमाण नाश नहोस् । अहिले प्रमाण प्रहरीसँगै छ’ महामन्त्री थापाले प्रश्न गरे, ‘जो मुछिएको छ, उसैले अनुसन्धान हुन्छ भनेर कसरी पत्याउने ?’

वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनले प्रधानमन्त्रीको जवाफ माग गरे ।

भिडियोमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना