"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उजुरी दर्ताकै भरमा दोषी हुने भए मन्त्री र सांसद खाली हुन्छन् : अध्यक्ष ओली

प्रकाशित मिति :  19 March, 2024 1:38 pm


धनगढी । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गरिरहेको बेला सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बचाउ गरेका छन् । कसैविरुद्ध उजुरी पर्दैमा राजीनामा गर्न नहुने ओलीले बताएका छन् । 

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली पुगेका ओलीले मंगलबार उजुरी पर्दैमा पदबाट राजीनामा दिन नहुने बताए । लामिछानेविरुद्ध सहकारी ठगीमा प्रहरीविरुद्ध उजुरी परेको विषयमा सोधिएको प्रश्नको जवाफमा ओलीले भने, ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद खाली हुन्छ । उजुरी त एउटा लगेर हालिदिए भयो नि !’

एमाले प्रतिपक्षमा हुँदा तत्कालीन सरकारमा कांग्रेसबाट स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेतको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो । उक्त प्रसंग उल्लेख गर्दै ओलीले मन्त्रीका हैसियतमा झन्डा हल्लाएर अनुसन्धानमा प्रभाव पार्न नहुने कुरा त्यतिबेला उठाएको बताए । ‘गम्भीर मुद्दा हुँदा, अपचलन हुँदा, हिनामिना हुँदा अस्ति कुरा उठेको थियो । कांग्रेसबाट भएका मन्त्रीहरूको सम्बन्धमा कुरा उठेको थियो । अख्तियारमा झन्डा हालेर जानुभएको छ । मन्त्रीको पद लिएर छानबिन, अनुसन्धान र न्यायमा प्रभाव पार्न नखोजेर किनारामा बस्नुस् भनेका हौं,’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ र संचारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराएको कुरा पनि ओलीले उल्लेख गरेका थिए ।

यस्तै अध्यक्ष ओलीले कांग्रेससँग तत्काल कुनै गठबन्धन नहुँने बताउँदै आफूलाई तत्काल प्रधानमन्त्री हुने इच्छा नरहेको बताए । ‘अरु कोही अगाडि सरेको पनि छैन, पुरै कार्यकाल पुष्पकमल दाहाल नै प्रधानमन्त्री हुन्छन् कि,’ ओलीले भने ।

प्रदेश सरकारका विषयमा छलफल भइरहेकाले यसबारे अहिले बोल्न आवश्यक नरहेको उनले बताए । सोमबार एमाले डडेलधुराको जिल्ला अधिवेशन उद्घाटन गरेर धनगढी फर्किएका ओली मंगलबार काठमाडौं फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्