"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा कांग्रेसले आज पनि उठायो छानबिन समितिको माग

प्रकाशित मिति :  20 March, 2024 12:56 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा पनि कांग्रेसले सहकारीको रकम अपचलनको अभियोग लागेका गृहमन्त्रीको संलग्नताबारे जाँचबुझ गर्न छानबिन समिति माग गरेको हो । 

आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले यस प्रकरणमा प्रधानमन्त्रीको जवाफपछि सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निष्पक्ष अनुसन्धान हुने स्थिति नदेखिएको भन्दै छानबिन समिति नै बनाउनुपर्ने अवस्था आएको बताइन् । 

सहकारीको रकम चलाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीकै भनाइ बाझिएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले हिजो जवाफ दिने क्रममा रवि लामिछानेले पोखराको सहकारीबाट लिएको रकम फर्स्याेट भइसकेको पाइएको बताउनुभयो । तर, केही दिनअघि पोखरामै पत्रकार सम्मेलन गरेर रवि लामिछानेले नै आफूले कुनै सहकारीबाट पैसा नलिएको र कुनै सहकारीमा आफू सदस्य पनि नरहेको बताउनुभएको थियो,’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले झुट बोल्नुभयो कि रवि लामिछानेले ?’

प्रधानमन्त्री र गृहमन्त्रीकै कुरा बाझिएकाले पनि निष्पक्ष छानबिनका लागि समिति बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले सहकारी ठगीको विषयलाई कांग्रेसले राजनीतीकरण गर्न खोजेको भन्ने विषयको प्रतिवाद गर्दै कांग्रेसले हिजो सत्तामा हुँदा पनि पटकपटक यो विषय उठाएको स्मरण गराइन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्