"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम–२ मा उम्मेदवार तय गर्न प्राइमरी इलेक्सनको तयारीमा रास्वपा

प्रकाशित मिति :  20 March, 2024 1:19 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ। रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो।

जसअन्तर्गत चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्। ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ।

⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ। १५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेदवारको अन्तिम नामावली निकालिने रास्वपाले बताएको छ।

चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ। वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्