"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छानबिनका लागि गृहमन्त्री लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने एमालेको धारणा

प्रकाशित मिति :  25 March, 2024 11:19 am


काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाणसहित उजुरी दर्ता भए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ।

नैतिक रूपमा त्यो अवस्थामा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ।’ उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेकोसमेत बताएका थिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो। त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै कांग्रेस आफैँ पुगेको थियो। प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्‍यो राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही पनि हुन सक्दैन,’ ज्ञवालीले भने।

कांग्रेसका नेताहरूले भने त्यसबेला लामिछानेलाई प्रधानमन्त्री अफर नगरिएको सार्वजनिक रूपमै बताउँदै आएका छन्। कांग्रेसले माग गरिरहेको संसदीय छानबिनलगायतका विषय पनि आफैँमा राजनीतिक पूर्वाग्रहले ग्रस्त रहेको उनले बताए। ‘कांग्रेसको प्रस्ताव स्वीकार गरेर उहाँ (रवि) प्रधानमन्त्रीका निम्ति तयार हुनुभएको भए कांग्रेस यसै गर्थ्यो त गर्दैनथ्यो,’ ज्ञवालीले भने। गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले संसदीय छानबिन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी कांग्रेसले राख्दै आएको छ।

‘हिजो सदन अवरूद्ध हुँदा एमालेले संसदीय व्यवस्थाकै प्रति नकारात्मक धारणा बनायो भन्ने कांग्रेस कसरी संसद अवरूद्धको पक्षमा जान्छ?,’ उनले प्रश्न गरे, ‘ठिक छ त्यसको एउटा औपचारिक प्रक्रिया सुरू होस्। सहकारीको रकम ठगी भएर धेरै पीडित पनि हुनुभएको छ। यसक्रममा कोही दोषी देखियो भने ढाकछोप गर्ने काम एमालेले गर्दैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका