"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

प्रकाशित मिति :  1 April, 2024 2:49 pm


काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए ।

सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए । अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन