"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दक्षिण कोरियामा डिपीके पार्टीलाई बहुमत

प्रकाशित मिति :  12 April, 2024 1:19 pm


एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको निर्वाचनमा डिपीकेले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत ल्याएको हो।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।

दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो । चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले राजीनामा दिएका छन्। प्रधानमन्त्री हान डुक शोलाई पनि राजीनामा गर्न भनिएको छ।

चुनावी नतिजाले राष्ट्रपति युन सुक योललाई पनि समस्यामा पारेको छ। सन् २०२२ मा राष्ट्रपति बनेका उनको अझै तीन वर्ष कार्यकाल बाँकी नै छ। त्यस अवधिमा उनको दलको बहुमत नहुँदा विभिन्न विधेयकहरू ल्याउन चाहेअनुसारका कामहरू गर्न उनलाई अप्ठ्यारो पर्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन