"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

प्रकाशित मिति :  9 May, 2024 5:38 pm


काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई स्पष्टीकरण सोधिएको छ । ठुला मानिने ठेकेदार कम्पनीहरूले राजनैतिक आडमा निर्माण र आपूर्तिलाई बेवास्ता गर्दै देश विकासमा वाधा सिर्जना गरेपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोधेको कार्यालयले जनाएको छ ।

सार्वजनिक निकायहरूले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । 

कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्र सूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ । काठमाडौँ बुद्ध नगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ भैंसेपाटी र गजुरी, धादिङले गरेको सिफारिसका आधारमा चन्द्र सूर्यलाई कालोसूचीमा राख्न स्पष्टीकरण सोधिएको हो ।

यसरी स्पष्टीकरण सोधिनेमा अधिकांश सडक आयोजना अलपत्र पार्ने ठेकेदार कम्पनी छन् । प्रधानमन्त्री कार्यालयका अनुसार स्पष्टीकरण माग गरिएकामा इसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राइजेज, एच एन्ड जे ट्रेडर्स, जिसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, देवनारायण पवन, मैनाचुली र खम्पाचे कन्स्ट्रक्सन छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो