"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अब कुन कम्पनीको आईपीओ कहिले आउँदैछ ?

प्रकाशित मिति :  30 January, 2022 3:06 pm


काठमाडौं, १६ माघ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएर पछि सरकारले तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो । अध्यक्ष पद रिक्त भएसँगै बोर्डले आईपीओ निष्काशनका लागि कम्पनीहरुलाई स्वीकृत दिएको थिएन । लामो समय पछि आईपीओ स्वीकृति भएसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवदन दिन पाइनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्ड नेतृत्व विहिन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका थिए । यी दर्जन कम्पनीहरुले अब क्रमशः आईपीओ निष्काशनका लागि अनुमति पाउने बोर्डले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक