"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मत सर्वेक्षण सार्वजनिक गर्न रोक : निर्वाचन आचारसंहिता

प्रकाशित मिति :  17 March, 2022 9:06 pm


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न निषेध गरेको छ ।

चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिएपछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मत गणना नसकिएसम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ को ४ नम्बर बुँदामा लेखिएको छ, ‘उम्मेद्‍वारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेद्‍वार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द