"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्रम्प र बाइडेनबीच दुईवटा बहस कार्यक्रम हुने

प्रकाशित मिति :  16 May, 2024 12:27 pm


काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो बहसको पहिलो श्रृंखला २७ जुनमा सीएनएनले र दोस्रो श्रृंखला १० सेप्टेम्बरमा एबीसीले आयोजना गर्ने छन् । अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए ।

बाइडेन डेमोक्रेट र ट्रम्प रिपब्लिकन उम्मेदवार हुन् । चुनावअघि उम्मेदवारहरुका एजेण्डा र धारणा सबैले थाहा पाउन् भन्ने उद्देश्यले उनीहरुसँग प्रत्यक्ष बहस गर्ने चलन छ । त्यसलाई विश्वभरबाट चासोका साथ हेरिन्छ ।

सीएनएनले जर्जिया प्रान्तमा आयोजना हुने बहस कार्यक्रमको सञ्चालन जेक टेपर र डाना बेसले गर्ने जनाएको छ । यो बहसमा कुनै पनि दर्शक सहभागी हुने छैनन् । एबीसीले सञ्चालन गर्ने दोस्रो श्रृंखलाको बहस कार्यक्रमको सन्चालन डेभिड मुइर र लिन्से डेभिसले गर्नेछन् । तर एबीसीले बहस हुने स्थान भने सार्वजनिक गरिसकेको छैन ।

गत बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । ट्रम्पले तत्कालै त्यो प्रस्तावलाई स्वीकार गरेको बीबीसीले जनाएको छ । ट्रम्पले तेस्रो बहस फक्स न्युजमा हुनुपर्ने प्रस्तावसमेत राखेका थिए । तर तेस्रो बहसको टुंगो लागेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन