"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

प्रकाशित मिति :  20 May, 2024 12:10 pm


एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको छ।

‘राष्ट्रपति रायसी र विदेशमन्त्रीसहित हेलिकप्टरमा सवार सबै यात्रुहरुको मृत्यु भएको छ,’ ती अधिकारीले रोयटर्ससँग भनेका छन्। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै ती अधिकारीको नाम उल्लेख गरिएको छैन।  समाचार संस्था एशोशियटेड प्रेसले राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ।

इरानी सञ्चारमाध्यमहरूले पनि राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको उल्लेख गरेका छन्। राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 

हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै  पूर्ण जलेको अवस्थामा भेटिएको थियो। राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए। टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो।

बिबिसीका अनुसार टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटनास्थल पत्ता लगाएको हो। दुर्घटनास्थल पत्ता लागेसँगै उद्धार टोली त्यसतर्फ लागेको छ। राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ