"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डोनाल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर, के चुनाव लड्न पाउँछन् ?

प्रकाशित मिति :  31 May, 2024 11:13 am


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।

२०२४ मा रिपब्लिकन उम्मेदवार ट्रम्पविरुद्ध आगामी जुलाई ११ मा सजाय सुनाइनेछ । ट्रम्पलाई जेल सजाय पनि हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतले करिब ६ हप्ताको सुनुवाइपछि ट्रम्पलाई दोषी ठहर गरेको हो । यसक्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग अदालतले बयान लिएको थियो । पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो । ड्यानियल्सले २०१६ को चुनावअघि ट्रम्पका वकिल माइकल कोहेनले १ लाख ३० हजार अमेरिकी डलर दिएको दाबी गर्दै आएकी छिन् । कोहेन अहिले विभिन्न मुद्दामा जेलमै रहेका छन् ।

ड्यानियल्सले सन् २००७ मा भएको गल्फ प्रतियोगिताका क्रममा ट्रम्पले यौन सम्बन्धको प्रस्ताव राखेको बताएकी छिन् । ट्रम्पले आफूलाई सँगै खाना खानका लागि निम्तो दिए पनि आफूले सुरुमा अस्वीकार गरेको र आफ्ना पब्लिसिस्टले जान भनेपछि गएको उनको भनाइ छ । त्यतिबेला ट्रम्पपत्नी मेलानिया सुत्केरी भएकाले प्रतियोगितास्थलमा नआएको उनको दाबी छ । सहमतिमै यौन सम्बन्ध भए पनि ट्रम्पले झगडा गरेको र असुरक्षित सम्बन्ध राखेको ड्यानियल्सको दाबी छ । यस घटनाबारे उनले सन् २०११ मै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिएकी थिइन् । तर त्यो अन्तर्वार्ता २०१८ मा मात्र सार्वजनिक भएको हो ।

ट्रम्पले चुनाव लड्न पाउँछन् ?

दोषी ठहर भए पनि यसै वर्षको नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प उम्मेदवार हुन पाउनेछन् । अमेरिकी संविधानले आपराधिक मामिलामा दोषी ठहर भए पनि चुनाव लड्न भने प्रतिबन्ध लगाएको छैन । ट्रम्पमाथि महाअभियोग नै लगाइए पनि चुनावमा उम्मेदवार हुन पाउनेछन् । तर पक्राउ नै परे भने राष्ट्रपति उम्मेदवार दाबीमै र चुनाव जित्न भने मुश्किल हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार टिमले अदालतको यो फैसलालाई ऐतिहासिक करार दिँदै ‘कानुनभन्दा माथि’ कोही नहुने बताएको छ । ट्रम्पले भने यसलाई ‘कंलक’ का रूपमा प्रचार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन