गगन थापाको प्रश्न : गृहमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिको जिम्मा कस्ले लिन्छ ? [भिडियो हेर्नुहोस्]
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।
‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’ थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा बोलेका कुराको आफूहरूले हिसाबकिताबलिने बताएका छन्।
उनले गृहमन्त्रीले सदनभित्र निम्न स्तरको कुरा गरेकाले त्यसको जबाफ माग्दै हिसाबकिताब माग्ने बताएका हुन्। ‘गृहमन्त्रीज्यु बोल्नुभयो। हामी जबाफ सुन्न चाह्यौँ। तर जबाफ भन्दा पनि बढी आरोप लागे,’ थापाले भने‘माननीय धनराज गुरुङले त गृहमन्त्रीलाई कारबाही गर्न माग गर्दै पत्र दिनुभएको छ।’ थापाले यसबारेमा जसरी पनि जबाफ लिने बताए।
उनले गृहमन्त्रीले सदनमा ‘सूचना बेचेको’ आरोप लगाएको सुनाए। उनले सूचना बेच्ने मान्छेलाई कारबाही गर्नुपर्नेमा सदनमा उठेर अरूलाई आरोप लगाउनु गलत भएको सुनाए। उनले गृहमन्त्रीले तल्लो स्तरको कुरा गरे पनि व्यक्तिगतरूपमा नलिने बताए। ‘हामी राजासँग लर्यौँ। निर्वाचन आयुक्तसँग लर्यौ। यस्तै परिरहन्छ।’ उनले भने। थापाले सरकारको ढिलासुस्ती गरेका कारण संसद् अवरोध भएको सुनाए। ‘लाखौ सहकारीमा रकम राख्नेहरू विचलित भएका छन्।
यसबारेमा संसदीय समिति बनाऔँ भन्दा सरकार मानेन,’ थापाले भने,‘तर समिति गठन भयो। समितिले रवि होस् वा जीबी होस् वा अरू कोही। तिनलाई जबाफ माग्नेछ। महान्यायाधीवक्ता होस् वा अरू कोही तिनको पनि जबाफ समितिले माग्नेछ।’ उनले सूर्यदर्शन लगायतका सहकारीहरु गोर्खा मिडियामा रकम गएको आरोप लगाए।
भिडियो हेर्नुहोस् :













