"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटमाथि छलफल हुदै

प्रकाशित मिति :  5 June, 2024 11:36 am


काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजै राष्ट्र ऋण उठाउने विधयेक प्रस्तुत गरिने छ। यस्तै भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गरिने संसद् सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका