"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाको प्रश्न- ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्यको आधार के हो ?

प्रकाशित मिति :  5 June, 2024 3:58 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भन्ने प्रश्न गरेका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर  गरेको दाबीको आधार मागेका हुन्।

संसदमा धेरै उथलपुथल भएको भन्दै थापाले ६/८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने टिप्पणी गरेका थिए। ‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो। तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि!,’ थापाले भने।

उनले अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गर्दै ६ प्रतिशतको आर्थिक वृद्धिको आधार के हो पनि भनेका थिए।

‘अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने कुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो। ४ प्रतिशतको भन्दा कम रह्यो,’ थापाले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो?’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका