"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अबका निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ओलीको दाबी

प्रकाशित मिति :  8 June, 2024 6:01 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन्। शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि सभासम्म एमालेले जित्ने दाबी गरेका हुन्।  

‘कान खुलेर सुनेहुन्छ। आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला,’ उनले भने। उनले विपक्षीहरू सबैलाई आ-आफ्नो तयारी गर्नसमेत चुनौती दिएका छन्। ‘आफ्नो आफ्नो तयारी गरे हुन्छ। मोर्चा कसे हुन्छ। कम्मर कसे हुन्छ। घुँडा धसे हुन्छ। नेकपा एमालेले पराजित गर्छ, गर्छ । पछार्छ, पछार्छ,’ ओलीले भने।

देशमा परिवर्तन, विकास, सामाजिक न्याय र समानताका लागि तथा संस्कृति र सभ्यताको रक्षा र विकासका लागि पनि एमालेले जित्न आवश्यक रहेको उनले बताए। अघिल्लो चुनावमा काठमाडौंमा अपेक्षित परिमाण ल्याउन नसकेको पनि ओलीले बताए। ‘मेयर लगायत कतिपय धेरै ठाउँहरू हामीले हार्‍यौं। संसदीय निर्वाचन हार्‍यौं,’ उनले भने, ‘विभिन्न ठाउँका मेयर, प्रदेश सभा हारेका हौंला। एउटा निर्वाचनको कुरा हो। मोर्चाको हारले युद्धको हार हुँदैन। एउटा मोर्चामा एक अवधि हारेका हौं।

यद्यपि एमालेलाई हराउन खोज्नेहरूले भन्दा राम्रै गरेको ओलीले बताए। सबैले टेबल राखेर टेबलमाथि चढेर आफ्नो उचाइ देखाएका तर एमाले आफ्नो उचाई नापेर यस ठाउँमा आइपुगेका ओलीले बताए।

‘कुनचाहीँ पार्टी हाम्रोजस्तो एक्लै आफ्नै उचाइमा नापिएको छ?,’ उनले भने, ‘कांग्रेस माओवादीको काँधमा टेकेर अर्को एसको उसको काँधमा टेकेर यति अग्लो भएको होइन?’ एमाले कसैको काँधमा टेकेर नभई आफ्नै खुट्टामा उभिएर यति अग्लो भएको ओलीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका