"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

प्रकाशित मिति :  9 June, 2024 5:34 pm


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”

“यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।”

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यस्ता नवीन बैंकिङ्ग प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो बैंकिङ आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्‍याएको छ ।

कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण