"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमाले सांसद् पन्तको माग

प्रकाशित मिति :  11 June, 2024 1:05 pm


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । सोमबार नेपाल फर्किएका छन् । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

भारतीय अधिकारीहरुसँगको भेटमा आफूले सार्कलाई सक्रिय पार्नेदेखि नेपाल-भारत सीमासँग सम्बन्धित विषयहरु र दुई देशका बीचमा रहेका संयन्त्रहरुलाई सक्रिय पार्नुपर्ने विषय उठाएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले उठाएको विषयमा भारतीय समकक्षी मोदी र विदेशमन्त्री जयशंकरले सकारात्मक प्रतिक्रिया पाएकाले आफू आशावादी भएर नेपाल फर्किएको बताएका थिए ।

प्रधानमन्त्रीले पत्रकारहरुसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसदलाई नै जानकारी गराउन माग गरेका हुन् । यसका लागि सभामुखले नै रुलिङ गर्नुपर्ने उनको माग छ ।

‘भारतसँग थाँती रहेका हाम्रो समस्याहरु जस्ताको तस्तै विद्यमान छन,’ सांसद पन्तल भने, ‘सभामुखबाट रुलिङ हुनुपर्छ । प्रधानमन्त्रीले आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँका भारतीय प्रधानमन्त्रीसँग के-के विषयमा, सार्कका विषयमा, थाँती रहेका बिभन्न विषय समाधान गर्ने विषयमा के के कुरा भयो ? संसदलाई सम्बोधन गरेर विस्तृत रुपमा जानकारी दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका