"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जिबी राई कहिले पक्राउ पर्छन् ?

प्रकाशित मिति :  11 June, 2024 1:25 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न जीबी राईलाई कहिले पक्राउ गर्ने तयारी भएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा प्रमुख सचेतक शाहीले देशभन्दा जीबी राई ठूलो हो ? भनेर प्रश्न गरेका छन् ।

‘आज यो देश नेपाल ठूलो हो कि जीबी राई ठूलो हो ? मलाई त लाग्दछ यो देश नेपाल भन्दा ठूलो जीबी राई हो । एउटा जीबी राईलाई यो सरकारले पक्राउ गर्न सकेको छैन । हामी माग गर्न चाहन्छौं जीबी राईलाई छिटोभन्दा छिटो पक्राउ गरियोस्,’ शाहीले प्रश्न गरे, ‘पुराना दलहरूले काम गर्न, सुशासन गर्न सकेनन् भनेर हामीलाई जिताएर पठाइएको हो । तर, फाइल खोज्ने भनेको ९ मिनेट, ४ मिनेट, २ मिनेटमा आकाशमा भएपनि पातालमा भएपनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो कहिले पक्राउ गर्नुहुन्छ ? हामीले हेरेर बसिराख्या छौं ।’

शाहीले गिरीबन्धु टि-इस्टेट लगायतका भ्रष्टाचार तथा अनियमितताको छानबिन कहिले गर्ने हो भन्दै प्रश्न गरेका छन् । ‘अहिले हामी ठूला फाइल खोल्दिन्छन् कि भनेर संसद्‌मा हेरेर बसिराख्या छौं । गिरिबन्धु टि-इस्टेटको फाइल कहिले खुल्छ ? संसद्मा हामी सुन्न आतुर छौं,’ उनले भने ।

सरकार ठूला-ठूला घोटालाहरूमा छानबिन गर्नका लागि तयार नभएको उनको भनाइ थियो । ‘अहिले पनि माग गर्न चाहन्छु गिरिबन्धु टि-इस्टेटमा के भएको हो ? यसको सत्यतथ्य छानबिन गरेर संसद्लाई जानकारी गराइयोस्,’ उनको माग थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका