"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित

प्रकाशित मिति :  12 June, 2024 1:58 pm


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका