"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इनार सफा गर्दै गर्दा कसैले मर्नु नपरोस् : महामन्त्री शर्मा

प्रकाशित मिति :  18 June, 2024 12:41 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले इनार सफा गर्ने क्रममा कामदारको मृत्यु भइरहेको विषय मंगलबारको प्रतिनिधि सभा बैठकमा उठाएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले सोमबार सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको प्रसंग निकाल्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई आग्रहसमेत गरेका छन्।

‘वीरेन्द्रनगरमा इनार सफा गर्दै गर्दा ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भए, उपचारका लागि अस्पताल लगियो, सोमबार अपराह्न  मृत्यु भयो,’ उनले भने। संघीय संसद भवनकै एक किमी दूरीमा केही समयअघि भोजपुर घर भएका गोपाल महतको पनि इनार सफा गर्ने क्रममा बेहोस भई उपचारका क्रममा मृत्यु भएको घटना शर्माले सुनाएका थिए।

‘यो प्रकृतिका घटना हुँदै जान्छन्, भित्री पृष्ठमा सामान्य समाचार आउँछ। हामी पढ्छौं, बिर्सन्छौं,’ उनले भने। शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने व्यवस्थामा सरकारले गम्भीर पहल गर्नुपर्ने पनि बताएका छन्।

‘इनार सफा गर्दै गर्दा बेहोस भई मृत्यु भएका श्रमिकको बिमा छ? छैन,’ उनले भने, ‘राहत दिने व्यवस्था छ? त्यो पनि छैन।  इनार सफा गर्दैगर्दा कसैले मर्नु नपरोस्,’ उनले भने।

भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका