"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इनार सफा गर्दै गर्दा कसैले मर्नु नपरोस् : महामन्त्री शर्मा

प्रकाशित मिति :  18 June, 2024 12:41 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले इनार सफा गर्ने क्रममा कामदारको मृत्यु भइरहेको विषय मंगलबारको प्रतिनिधि सभा बैठकमा उठाएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले सोमबार सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको प्रसंग निकाल्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई आग्रहसमेत गरेका छन्।

‘वीरेन्द्रनगरमा इनार सफा गर्दै गर्दा ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भए, उपचारका लागि अस्पताल लगियो, सोमबार अपराह्न  मृत्यु भयो,’ उनले भने। संघीय संसद भवनकै एक किमी दूरीमा केही समयअघि भोजपुर घर भएका गोपाल महतको पनि इनार सफा गर्ने क्रममा बेहोस भई उपचारका क्रममा मृत्यु भएको घटना शर्माले सुनाएका थिए।

‘यो प्रकृतिका घटना हुँदै जान्छन्, भित्री पृष्ठमा सामान्य समाचार आउँछ। हामी पढ्छौं, बिर्सन्छौं,’ उनले भने। शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने व्यवस्थामा सरकारले गम्भीर पहल गर्नुपर्ने पनि बताएका छन्।

‘इनार सफा गर्दै गर्दा बेहोस भई मृत्यु भएका श्रमिकको बिमा छ? छैन,’ उनले भने, ‘राहत दिने व्यवस्था छ? त्यो पनि छैन।  इनार सफा गर्दैगर्दा कसैले मर्नु नपरोस्,’ उनले भने।

भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको