"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनुमति विना एनजिओको सहयोग नलिन संसदीय समितिलाई निर्देशन

प्रकाशित मिति :  18 June, 2024 5:34 pm


काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गरेको विषयमा सर्तकता अपनाउन सबै समितिका सचिवहरूलाई ध्यानाकर्षण गराएका छन्। 

महासचिव पद्मप्रसाद पाण्डेयले सबै समितिका सचिवहरूलाई पत्र पठाएर एनजिओ र आइएनजिओको सन्दर्भमा आउने गुनासाबारे सतर्क रहन भनेका  हुन्। पत्रमा सांसदहरूको संलग्नता, एनजिओ र आइएनजिओले कार्यक्रम गर्दा कानुन निर्माण एवं निर्णय प्रक्रियामा समेत प्रभाव पारेको गुनासा सुनिने गरेको उल्लेख छ। 

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा असार २ गते गैरसरकारी संस्था नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपिपिडी) अभियानले खाजाको व्यवस्था गरेको थियो।

उक्त घटनापछि समितिमा रहेका सांसदहरूले सभापति रामहरि खतिवडालाई बैठक रोक्न दबाब दिएका थिए। त्यस्तै, गृहमन्त्री रवि लामिछानेले बैठक हल छाडेर हिँडेका थिए।

samsadpatra-1718703838.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका