"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय लोकसभाको सभामुखमा ओम बिरला पुन:निर्वाचित

प्रकाशित मिति :  26 June, 2024 2:07 pm


काठमाडौँ । भारतीय लोकसभाको सभामुखमा पुन: ओम बिरला निर्वाचित भएका छन्। बिरला लगातार दोस्रोपटक लोकसभाको सभामुख बनेका हुन्। बिरला राजस्थानबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्।

सभामुख बनेपछि प्रधानमन्त्री मोदी र राहुल गान्धीले बधाई दिएका छन्। बिरलाभन्दा अगाडि बलराम जाखडले पाँच वर्षको कार्यकाल पूरा गरेर फेरि सभामुख पद पाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा