"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन कायम गराउन स्थानीय सरकारको भूमीका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  19 March, 2022 5:52 pm


काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले सुशासनको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पोखरी नारायणस्थानमा तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘स्थानीय तहका सेवासुविधा प्रत्यक्ष रुपमा जनतासँग जोडिएका हुन्छन्। जनतालाई अनुभूत हुने गरी स्थानीय सरकारले सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ,’ उनले भने। तेमाल गाँउपालिकाको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै उनले गाँउपालिकाको कामको प्रसंशा गरे। तेमालमा व्यावसायीक कृषि पशुपालनको पर्याप्त सम्भावना रहेको भन्दै उनले गाँउपालिकाको प्रयासमा संघ सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्री देउवाले भने, ‘भकुन्डे–मेच्छेपौवा सडक पूरा गर्नुपर्ने, अधुरो खानेपानी आयोजना पूरा गर्न, पर्यटन क्षेत्र घोषणा गर्न सरकारले आवश्यक सहयोग गर्नेछ।’

मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको भन्दै उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिवद्ध हुन आवश्यक रहेको औंल्याए। कार्यक्रममा कांग्रेस काभ्रेपलाञ्चोक सभापति तिर्थ लामा, कांग्रेस केन्द्रीय सदस्यहरु मधु आचार्य, गणेश लामा, राष्ट्रियसभा सदस्य कमला पन्त, पूर्वराज्यमन्त्रि सूर्यमान दोङ, गाँउपालिका अध्यक्ष सलामसिंह तामाङलगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको