"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित

प्रकाशित मिति :  २५ असार २०८१, सोमबार १४:४१


एजेन्सी / वीवीसी । फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित निकालेको छ। आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी गठबन्धन पपुलर फ्रन्ट १८२ सिट जितेर सबैभन्दा ठूलो शक्ति बनेको हो। 

५७७ सिटमध्ये वामपन्थी गठबन्धनले १८२ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। चुनावअघि गरिएका प्रक्षेपणहरूमा फ्रान्समा यसपालि पनि दक्षिणपन्थीले बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो। तर प्रक्षेपण उल्टाउँदै गठबन्धन अगाडि आएको हो।

पहिलो चरणको निर्वाचनमा मरिन लि पेनको दक्षिणपन्थी पार्टी नेशनल र्‍याली बहुमततर्फ अग्रसर भएपछि दोस्रो तथा अन्तिम चरणको निर्वाचनका लागि मध्यमार्गी पार्टीहरूले वामपन्थीलाई सघाएका थिए। नेशनल र्‍याली नेतृत्वको गठबन्धनले १४३ सिट ल्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टी रिनेसन्सले भने १६८ सिट जितेको छ।

रिपब्लिकन र अन्य दक्षिणपन्थी दलहरूको गठबन्धनले ६०, अरू वामपन्थी दलहरूले १३ र अन्य दलहरूले ११ सिट जितेको छ। यद्यपि कुनैपनि पार्टीहरूले सरकार बनाउन आवश्यक बहुमत नल्याएका कारण त्यहाँ त्रिशंकू संसद बन्ने भएको छ।

पपुलर फ्रन्टका नेता जन ल्युक मेलेन्सनले बामपन्थी दलबाट प्रधानमन्त्री बन्ने बताएका छन्। उनले राष्ट्रपति इम्यानुएल म्याक्रों र दक्षिणपन्थी दलहरूको एजेन्डा पराजित भएको पनि बताएका छन्। रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन्।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये

काठमाडौँ – बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख

बीबीसी- बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र उनी देश छोडेर विदेश पलायन भएको विवरण आएपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित

नयाँदिल्ली । भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या