"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आचारसंहिताबारे निर्वाचन आयोगले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने

प्रकाशित मिति :  21 March, 2022 6:34 pm


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तर्क्रिया गर्ने भएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तर्क्रिया गर्न लागेको बताएका हुन् ।

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा ९ देखि १७ चैतसम्म आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीसँग छलफल गर्न लागेको उनले बताए ।

त्यस्तै राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ दलले जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण पेश गरेका प्रवक्ता पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध