"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईएमएफले नेपाललाई करिब साढे ५ अर्ब निकासा गर्ने निर्णय

प्रकाशित मिति :  11 July, 2024 2:04 pm


काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा(ईसिएफ)अन्तर्गत चौथो किस्ताबापट करिब साढे ५ अर्ब (४ करोड १३ लाख अमेरिकी डलर) नेपाललाई उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको कोषको सञ्चालक समितिको वैठकले यसअघि आईएमएफ टोलीले गरेको मूल्यांकन प्रतिवेदनका आधारमा विस्तारित कर्जाको चौथो किस्ता निकासा गर्ने निर्णय गरेको हो ।

गत जेठ अन्तिम साता आईएमएफका एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख टिडियान किन्डा नेतृत्वको चौथो मूल्यांकन टोली लेपाल आएको थियो । सोही टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कोषले चौथो किस्ता भुक्तानी दिने निर्णय गरेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा ०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत करिब साढे ५ अर्ब (४१.३ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी थियो ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । ईसीएफअन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो