"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईएमएफले नेपाललाई करिब साढे ५ अर्ब निकासा गर्ने निर्णय

प्रकाशित मिति :  11 July, 2024 2:04 pm


काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा(ईसिएफ)अन्तर्गत चौथो किस्ताबापट करिब साढे ५ अर्ब (४ करोड १३ लाख अमेरिकी डलर) नेपाललाई उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको कोषको सञ्चालक समितिको वैठकले यसअघि आईएमएफ टोलीले गरेको मूल्यांकन प्रतिवेदनका आधारमा विस्तारित कर्जाको चौथो किस्ता निकासा गर्ने निर्णय गरेको हो ।

गत जेठ अन्तिम साता आईएमएफका एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख टिडियान किन्डा नेतृत्वको चौथो मूल्यांकन टोली लेपाल आएको थियो । सोही टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कोषले चौथो किस्ता भुक्तानी दिने निर्णय गरेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा ०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत करिब साढे ५ अर्ब (४१.३ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी थियो ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । ईसीएफअन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक