"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकै वर्षमा सात लाख युवा बैदेशिक रोजगारीमा

प्रकाशित मिति :  18 July, 2024 1:35 pm


काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन्।

गत आर्थिक वर्षको असारमा मात्र ७० हजारभन्दा बढी नेपाली बिदेशिएको विभागको तथ्यांकमा छ। विभागले यस बर्षको सबै तथ्यांक सार्वजनिक गर्न बाँकी छ।

असारसहित सबै तथ्यांक संकलन गर्न काम भइरहेका कारण विदेशीनेको संख्या थपघट भएर आउनसक्ने विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए।

यस्तै, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना र जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति जारी भएको थियो। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

उनका अनुसार देशभित्र रोजगारी सिर्जना, स्वदेशमा केही गर्ने नेपालीको संख्या बढेका कारण पनि बिदेशिने युवाको संख्या गत आर्थिक बर्षमा घटेको हो। तथ्याक संकलन गर्ने काम भइरहेका कारण केही संख्या बढेर आउने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष