"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकै वर्षमा सात लाख युवा बैदेशिक रोजगारीमा

प्रकाशित मिति :  18 July, 2024 1:35 pm


काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन्।

गत आर्थिक वर्षको असारमा मात्र ७० हजारभन्दा बढी नेपाली बिदेशिएको विभागको तथ्यांकमा छ। विभागले यस बर्षको सबै तथ्यांक सार्वजनिक गर्न बाँकी छ।

असारसहित सबै तथ्यांक संकलन गर्न काम भइरहेका कारण विदेशीनेको संख्या थपघट भएर आउनसक्ने विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए।

यस्तै, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना र जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति जारी भएको थियो। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

उनका अनुसार देशभित्र रोजगारी सिर्जना, स्वदेशमा केही गर्ने नेपालीको संख्या बढेका कारण पनि बिदेशिने युवाको संख्या गत आर्थिक बर्षमा घटेको हो। तथ्याक संकलन गर्ने काम भइरहेका कारण केही संख्या बढेर आउने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर