"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

प्रकाशित मिति :  ८ चैत्र २०७८, मंगलवार १६:५१


तनहुँ । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ। मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।

यस्तै प्रहरीले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई मतियारको रूपमा खडा गरेको छ। उनलाई पनि शाहको भन्दा आधा सजायको मागदाबी गरेको छ। एक नाबालिग गायिकाले एक वर्षदेखि शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए।

पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्। प्रहरीले यस घटनामा होटलको सिसिटिभी फुटेज, कागजात, कल डिटेल्स, अडियो टेप, अस्पतालको स्वास्थ्य परीक्षण लगायत प्रमाणको रूपमा पेस गरेको छ। नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ। फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा

काठमाडौँ – सत्तारूढ एमाले र कांग्रेस उपसभामुख  इन्दिरा रानामगरमाथि एकाएक खनिएका छन्। दुई दलले पार्टी बैठक र सदनमा पनि पदीय मर्यादाको

काठमाडौँ – प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको