"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं उपत्यकामा हैजाको संक्रमण पुष्टि

प्रकाशित मिति :  24 July, 2024 10:29 am


काठमाडौं – काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

‘हिजो (सोमबार) कल्चर गर्दा हैजा पुष्टि भयो । सम्भवतः उहाँमा खानेकुरा र पानीबाट नै हैजा सरेको आंशका गरिएको छ,’ डा. बसौलाले अनलाइनखबरसँग भने, ‘अहिले उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’

डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर