"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं उपत्यकामा हैजाको संक्रमण पुष्टि

प्रकाशित मिति :  24 July, 2024 10:29 am


काठमाडौं – काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

‘हिजो (सोमबार) कल्चर गर्दा हैजा पुष्टि भयो । सम्भवतः उहाँमा खानेकुरा र पानीबाट नै हैजा सरेको आंशका गरिएको छ,’ डा. बसौलाले अनलाइनखबरसँग भने, ‘अहिले उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’

डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष