"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल दसौं र काठमाडौं छैठौं प्रदुषित सहर

प्रकाशित मिति :  23 March, 2022 11:02 am


एजेन्सी । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र नेपाल परेको छ। राजधानी सहरमा भने काठमाडौं छैठौं स्थानमा परेको छ।

वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो।

बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका सहरहरुमध्ये मात्र ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेका थिए।

११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन तयार पारिएको हो।

यस्तै नेपालको राजधानी काठमाडौं भने विश्वको छैठौं प्रदूषित शहर बनेको छ।

भारतको समग्र प्रदूषण तह खराब देखिन्छ। नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। यो सँगै दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो। विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ।

दोस्रो खराब राजधानी सहरमा बंगलादेशको राजधानी ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध