"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  29 July, 2024 5:56 pm


काठमाडौँ – पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई रकम लिन लगाएको भन्ने आरोप लागेको छ ।

दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०/८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू तीन जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध