"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  29 July, 2024 5:56 pm


काठमाडौँ – पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई रकम लिन लगाएको भन्ने आरोप लागेको छ ।

दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०/८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू तीन जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक