"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

प्रकाशित मिति :  24 March, 2022 12:59 pm


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइमा अन्तरिम र कारण देखाउ आदेश जारी भएकाे सर्वाेच्चका प्रवक्ता बिमल पाैडेलले बताउनु भएकाे छ  । साथै नियुक्त भएका ५२ जनै पदाधिकारीका नाममा म्यादजारी गरी सुनुवाइकाे माैका दिने आदेश भएकाे पाैडेलले बताउनुभयाे । साे  आदेश अनुसार निवेदकलाइ ५२ जनाकाे वतन खुलाउन भनिने र वतन खुले पछि उहाँहरूकाे नाममा चाँडै म्याद जारी हुने बताइएकाे छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
यसअघि २०७८ भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
न्यायाधीश फुयाँलको उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दा अघि बढ्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल