"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

प्रकाशित मिति :  24 March, 2022 12:59 pm


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइमा अन्तरिम र कारण देखाउ आदेश जारी भएकाे सर्वाेच्चका प्रवक्ता बिमल पाैडेलले बताउनु भएकाे छ  । साथै नियुक्त भएका ५२ जनै पदाधिकारीका नाममा म्यादजारी गरी सुनुवाइकाे माैका दिने आदेश भएकाे पाैडेलले बताउनुभयाे । साे  आदेश अनुसार निवेदकलाइ ५२ जनाकाे वतन खुलाउन भनिने र वतन खुले पछि उहाँहरूकाे नाममा चाँडै म्याद जारी हुने बताइएकाे छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
यसअघि २०७८ भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
न्यायाधीश फुयाँलको उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दा अघि बढ्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी