"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्तमान सरकार बनेपछि अर्थतन्त्र सुधारको बाटोमा छ : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  1 September, 2024 3:43 pm


काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन्। कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनको भनाइ छ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको चर्चा गरे। 

सोहीकारण पुँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको, नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको उनले बताए ।

यद्यपि, आमलगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न नसकेको उनको भनाइ छ। ‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आमलगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन। बजारमा माग बढ्न नसकेको गुनासो छ। अर्थतन्त्र दबाबमै छ,’ पौडेलले भन्ने, ‘केही समयअघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’

आफूले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै अर्थमन्त्रीले सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए। मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै उनले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए। 

एक वर्षमा तीनजना अर्थमन्त्री फेरिने गरेको सन्दर्भमा बोल्दै उनले यसको समाधान गर्न नै वर्तमान सरकार आएको जिकिर गरे। उनले भने, ‘निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्छ ।’

निजी क्षेत्र गुनासोभन्दा पनि सरकारलाई सहयोग गर्न लाग्नुपर्ने उनको भनाइ छ। ‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ,’ उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ।’ 

चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रूपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज