"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता

प्रकाशित मिति :  १४ चैत्र २०७८, सोमबार १३:४३


काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । गत पाँच वर्षमा ३६ लाख ७९ हजार २४१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन तालिका बमोजिम नै सबै कार्यक्रम समयमै गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत आयोगले उक्त कार्यक्रमलाई दृढतापूर्वक लागू गरेर २०७९ वैशाख ३० गते मतदान गर्न पूर्ण रूपमा तयार छ भन्नुभयो । उहाँले समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो ।

आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १८३ जना मतदाता छन् । आयोगले बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेको जनाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जना मतदाता छन् । बागमतीमा मतदाता पुरुष १७ लाख चार हजार ८९८ र मतदाता महिला १७ लाख सात हजार ९४२ तथा अन्य २९ जना छन् । कर्णालीमा पाँच लाख छ हजार १८० पुरुष र चार लाख ९५ हजार ९९ मतदाता महिला छन् ।

प्रदेश १ मा दोस्रो सबैभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८०० मतदाता पुरुष र १६ लाख ४७ हजार ५६१ मतदाता महिला र अन्य २३ जना छन् । मधेस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष र १५ लाख ३३ हजार १५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख एक हजार ३५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।

गण्डकी प्रदेशमा आठ लाख ४४ हजार ४५२ पुरुष, नौ लाख २४ हजार ९४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४११ जना छन् ।सुदूरपश्चिम प्रदेशमा आठ लाख ६६२ पुरुष र आठ लाख ३१ हजार ४७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् ।

झन्डै २२ हजार केन्द्र
निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रसमेत तय गरेको छ । देशभरि १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।आयोगका प्रवक्ता पौडेलले सबैभन्दा बढी मधेस प्रदेशमा दुई हजार १६३ मतदान स्थल तोकिएको जानकारी दिनुभयो । मधेस प्रदेशमा चार हजार १८९ मतदान केन्द्र रहनेछन् । बागमती प्रदेशमा दोस्रो सबैभन्दा बढी एक हजार ७९२ मतदान स्थलमा चार हजार ९५ मतदान केन्द्र रहनेछन् ।

प्रदेश १ मा एक हजार ८७७ मतदान स्थलमा चार हजार ५१ केन्द्र, लुम्बिनी प्रदेशको एक हजार ६२९ मतदान स्थलमा तीन हजार ८३२ केन्द्र, गण्डकीमा एक हजार २५३ मतदान स्थलमा दुई तीन सय केन्द्र, सुदूरपश्चिममा एक हजार १३५ मतदान स्थलमा दुई हजार १०३ केन्द्र तथा कर्णालीमा ९०७ मतदान स्थलमा एक हजार ३८५ केन्द्र तोकिएको आयोगले जनाएको छ

मतदाता नामावलीमा आफ्नो नाम यसरी हेर्नुहोस्

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन