"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  2 October, 2024 3:06 pm


काठमाडौँ-  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यका साथ दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

“म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप” कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरूले प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण, कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा के –कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न , कर्मचारीहरू बिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गर्नुभयो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र