"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

प्रकाशित मिति :  2 October, 2024 5:42 pm


काठमाडौँ- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी-२० वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गरे।

दीपेन्द्रभन्दा अगाडि इङ्ल्यान्डका लियम लिभिङ्गस्टोन मात्र छन्। दीपेन्द्र २३० को रेटिङमा रहँदा लिविगंस्टोनको २५३ छ। अलराउन्डतर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन्। यसैगरी कप्तान रोहितकुमार पौडे यथा स्थानमा छन्।

रोहित र गुल्सन ५३, कुशल मल्ल ४० र कुशल भुर्तेल ६०औं स्थानमा छन्। ब्याटिङतर्फको वरितमा पनि दीपेन्द्र दुई स्थान सुधार गर्दै ४३औं स्थानमा छन्। रोहित एक र आसिफ शेख दुई स्थान खस्किएका छन्। उनीहरू क्रमशः ६१ र ७०औं स्थानमा छन्।

यसैगरी कुशल मल्ल एक स्थान सुधार गर्दै १००औं वरीयतामा छन्। बलिङतर्फ पनि दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औं स्थानमा उक्लिएका छन्। सोमपाल कामी एक स्थान खस्किदै ९१औं स्थानमा पुगेका छन्।

ट्वान्टी २० टिम वरीयतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा