"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोरियाली उपन्यासकार हान काङलाई साहित्यतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  13 October, 2024 11:13 am


काठमाडौँ- साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली उपन्यासकार हान काङले पाएकी छन्। स्विडिस एकेडेमीले ‘द भेजिटेरियन’ उपन्यासका लेखिका हाङलाई पुरस्कार दिने घोषणा बिहीबार गरेको बीबीसीले जनाएको छ।

हानलाई मानव जीवनको त्रासदी र भविष्यमा आउने उतारचढाव उजागर गरेबापत पुरस्कार दिइएको हो। एकेडेमीले भनेको छ, ‘हानको गद्यले ऐतिहासिक आघातहरूको सामना गर्दछ र मानव जीवनको कमजोर पक्षलाई उजागर गर्दछ।’ ५३ वर्षीया आख्यानकार हानले सन् २०१६ मा सोही उपन्यासका लागि बुकर इन्टरनेसनल पुरस्कार पनि पाएकी थिइन्।

नोबेल पुस्कार समितिले सन् १९०१ देखि साहित्यमा पुरस्कार दिन थालेको हो। साहित्य क्षेत्रमा नोबेल पुरस्कार पाउने हान अठारौँ महिला हुन्। साथै उनी नोबेल पुरस्कार पाउने पहिलो दक्षिण कोरियाली बनेकी छन्। द भेजिटरियन सन् २०१५ मा अंग्रेजीमा अनुवाद गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना