"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा भलिबलको फाइनलमा नेपाल उज्वेकिस्तानसंग पराजित

प्रकाशित मिति :  13 October, 2024 11:38 am


काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो। खेलको सुरुवाती पहिलो सेटमा २७-२५ को सानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुगेको थियो। खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५-२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा