"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धनकुटा नगरपालिका र नगर विकास कोष विच आयोजनाका लागि सम्झौता

प्रकाशित मिति :  १७ चैत्र २०७८, बिहीबार १२:४१


काठमाडौं । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रम अन्तरगत धनकुटा नगरपालिकामा “डिप बोरीङ तथा रिजर्भायर ट्याङ्की” आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
कोषको खानेपानी तथा सरसफाई कार्यक्रम अन्तरगत धनकुटा नगरपालिकामा “डिप बोरीङ तथा रिजर्भायर ट्याङ्की” निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि मङ्गलबार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच तीन करोड आठ लाख ५६ हजार रुपियाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आयोजना निर्माणको कुल अनुमानित लागत अंक तीन करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।
ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत विकास अधिकारीको पनि उपस्थिती रहेको थियो ।


दोस्रो खानेपानी तथा सरसफाई आयोजना अन्तरगत निमार्ण सम्पन्न हाल सञ्चालनमा रहेको धनकुटा खानेपानी तथा ससरसफाई आयोजनाको सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं। १, ३, ४ र ६ मा डिप बोरिङ र वडा नं। १ मा रिजर्भायर ट्याङ्कीको निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट कोषको ऋण स्वरुप स्रोत व्यवस्थापन गरिएको छ भने कोषको यस वित्तीय सहयोगबाट आयोजनाको सेवा प्रवाहमा सुधार भई कोषको ऋण असुलीमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूले धनकुटा खानेपानी तथा ससरसफाई आयोजनालाई दिगो रुपमा सञ्चालन गराउने नगरपालिकाको समेत जिम्मेवारी भएकोले नगपालिकाले डिप बोरिङ्गका सम्बन्धमा विस्तृत अध्ययन सहित आयोजनालाई अगाडि बढाइएको जनाउँदै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भइ सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।


कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिक लगायतका पक्षहरुमा ध्यान दिनुपर्ने कुरामा जोड दिंदै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन

काठमाडौँ – प्रतिनिधिसभाका सांसद्हरूले जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई